दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित शिक्षा | रासस जेष्ठ १४, २०७७ बुधबार शेयर गर्नुहोस: मनाङ, जेठ १४ गते । दुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले करिब छ महिनादेखि उनीहरु विद्यालयको पहुँच बाहिर छन् । हुन त मुलुकभरका बालबालिका हाल विद्यालय शिक्षाबाट पूर्णरूपमा बञ्चित छन् तर हिमालपारिको जिल्ला मनाङमा गत मङ्सिर मसान्तदेखि विद्यालयको अन्तिम परीक्षा सकेपछि नै मारमा छन् । बन्दाबन्दीले अहिले अझ उनीहरु थप प्रभावित बनेका छन् । कोरोना भाइरसको महामारीले गर्दा मुलुकभर शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको अवस्थामा अझ बढी दुर्गम क्षेत्रमा परेको छ । केही साना बालबालिकाले विद्यालय नै बिर्सिसकेका छन् । यसले जिल्लाको माथिल्लो भेगका बालबालिका झण्डै छ म...