Skip to main content

दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

शिक्षा |


2020-05-27-15158


मनाङ, जेठ १४ गते ।  दुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले करिब छ महिनादेखि उनीहरु विद्यालयको पहुँच बाहिर छन् ।
हुन त मुलुकभरका बालबालिका हाल विद्यालय शिक्षाबाट पूर्णरूपमा बञ्चित छन् तर हिमालपारिको जिल्ला मनाङमा गत मङ्सिर मसान्तदेखि विद्यालयको अन्तिम परीक्षा सकेपछि नै मारमा छन् । बन्दाबन्दीले अहिले अझ उनीहरु थप प्रभावित बनेका छन् । कोरोना भाइरसको महामारीले गर्दा मुलुकभर शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको अवस्थामा अझ बढी दुर्गम क्षेत्रमा परेको छ ।
केही साना बालबालिकाले विद्यालय नै बिर्सिसकेका छन् । यसले जिल्लाको माथिल्लो भेगका बालबालिका झण्डै छ महिनादेखि विद्यालयको पहुँचभन्दा टाढा भएका हुन् । जिल्लाभर २८ विद्यालय छन् भने यस जिल्लामा करिब ६०० भन्दा बढी बालबालिका विद्यालय जाने गरेका थिए ।
जम्मा चार गाउँपालिकामा रहेको यस जिल्लामा माथिल्लो भेगमा ११ विद्यालय छन् । चामे गाउँपालिकामा पाँच, नार्पाभूमि गाउँपालिकामा दुई र नासों गाउँपालिकामा ११ विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । हाल चामे गाउँपालिकाले भने पाँच विद्यालयलाई आवासीय विद्यालयमा रुपान्तरण गरी पालिकामा दुई विद्यालय गाभेर सञ्चालन गरिएको छ ।

त्यस्तै नासों गाउँपालिकाले पनि प्रकाशज्योति माविलाई आवासीय विद्यालय बनाइएको र पालिकामा दुई माध्यमिक छन् । त्यसैगरी नौ आधारभूत विद्यालय रहेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार विद्यालयहरु २०७६ पुसको दोस्रो सातादेखि बन्द भएको र नयाँ शैक्षिकसत्र शुरु हुँदै गर्दा यो महामारीले बन्द हुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको छ ।
सुगम क्षेत्रका र इमेल इन्टरनेटको पहुँचमा रहेका बालबालिका त इन्टरनेटको माध्यमबाट केही अध्यायन गरिहेका छन् तर यी क्षेत्रबाट बाहिर रहेका ती बालबालिकाको शिक्षाले कस्तो रूप लेला सबैमा चिन्ताको विषय बनेको छ । दुर्गम क्षेत्रका बालबालिकाको शिक्षालाई कस्तो व्यवस्था हुने हो हेर्न भने बाँकी नै छ । 

Comments

Popular posts from this blog

विद्यालयतिर दृष्टि (सम्पादकीय) विचार/दृष्टिकोण | गोरखापत्र अनलाइन       जेष्ठ १२, २०७७ सोमबार        शेयर गर्नुहोस:   8 Shares     कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले मुलुकका अन्यजस्तै शैक्षिक क्षेत्र पनि गम्भीररूपले प्रभावित छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) देखि उच्चशिक्षाका विद्यार्थी परीक्षा दिन वञ्चित छन् । देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोनाको प्रभाव लम्बिँदै जाँदा अनिश्चितता पनि लम्बिनेछ । सहरी क्षेत्रमा केही विद्यालयले सीमित विद्यार्थीलाई विद्युतीय माध्यम (भर्चुअल) बाट अध्यापन गराउँदै आएका भए पनि आमविद्यार्थीमा यसको पहुँच छैन । कम्तीमा जेठ अन्त्यसम्म शैक्षिक संस्था सञ्चालन हुने अवस्था नरहेकाले शैक्षिक पात्रो (क्यालेण्डर) प्रभावित हुने अवस्था आएको छ । शिक्षा र अन्य अवसरसँग सम्बन्धित हुने परीक्षालाई यो सङ्कटकै कारण एकवर्ष पछाडि धकेलेर विद्यार्थीलाई ‘बुढो’ बनाउन नहुने अवस्थाप्रति सम्बद्ध निकाय संवेदनशील हुनपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्था तथा परीक्षा सञ्चालनबारे कुनै
निजी प्रकाशकले कक्षा १ को पुस्तक छपाइ गर्न अनुमति पाएनन् पाठ्यक्रम विकास केन्द्र महानिर्देशकविहीन यसै शैक्षिक सत्रदेखि परिवर्तन भएको कक्षा १ को पाठ्यक्रमअनुसार पुस्तक छपाइ गर्न निजी प्रकाशन गृहले पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएका छैनन् । सबै प्रक्रिया पूरा गरे पनि पुस्तक छपाइ गरी बजारमा लैजान नपाएको प्रकाशकहरूको गुनासो छ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक नियुक्त नगरेकैले निजी प्रकाशन गृहले स्वीकृति पाउन नसकेका हुन् । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले केन्द्रको महानिर्देशकको अध्यक्षतामा बस्ने बैठकले निर्णय गरी स्वीकृति दिने व्यवस्था रहेको, तर अहिले महानिर्देशक नभएकाले केही ढिलाइ भएको बताए । प्रकाशन गृहले सबै प्रक्रिया पूरा गरेको र महानिर्देशक नियुक्त भएसँगै स्वीकृति पाउने उनको भनाइ छ ।  सरकारले छपाइ गरी नि:शुल्क वितरण गर्ने नेपाली माध्यमका पाठ्यपुस्तक छपाइ भने भइसकेका छन् । तर, अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीका लागि पुस्तक लेखन कार्य र प्रक्रिया सबै पूरा गरेका प्रकाशकले अहिलेसम्म अनुमति पाएका छैनन् । निजी प्रकाशकहरूले र