Skip to main content

निजी प्रकाशकले कक्षा १ को पुस्तक छपाइ गर्न अनुमति पाएनन्

पाठ्यक्रम विकास केन्द्र महानिर्देशकविहीन

यसै शैक्षिक सत्रदेखि परिवर्तन भएको कक्षा १ को पाठ्यक्रमअनुसार पुस्तक छपाइ गर्न निजी प्रकाशन गृहले पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएका छैनन् । सबै प्रक्रिया पूरा गरे पनि पुस्तक छपाइ गरी बजारमा लैजान नपाएको प्रकाशकहरूको गुनासो छ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक नियुक्त नगरेकैले निजी प्रकाशन गृहले स्वीकृति पाउन नसकेका हुन् ।
पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले केन्द्रको महानिर्देशकको अध्यक्षतामा बस्ने बैठकले निर्णय गरी स्वीकृति दिने व्यवस्था रहेको, तर अहिले महानिर्देशक नभएकाले केही ढिलाइ भएको बताए । प्रकाशन गृहले सबै प्रक्रिया पूरा गरेको र महानिर्देशक नियुक्त भएसँगै स्वीकृति पाउने उनको भनाइ छ । 
सरकारले छपाइ गरी नि:शुल्क वितरण गर्ने नेपाली माध्यमका पाठ्यपुस्तक छपाइ भने भइसकेका छन् । तर, अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीका लागि पुस्तक लेखन कार्य र प्रक्रिया सबै पूरा गरेका प्रकाशकले अहिलेसम्म अनुमति पाएका छैनन् । निजी प्रकाशकहरूले राजस्व तिरेर, पाठ्यक्रम विकास केन्द्रको मापदण्डअनुसार सुधार गरी चैतमै पुस्तक बुझाएका थिए ।
तर, तीन महिना भइसक्दा पनि अनुमति पाउन सकेका छैनन् । केन्द्रका अधिकारीका अनुसार कक्षा १ को पुस्तकका लागि ५० जति निजी प्रकाशन गृहले अनुमति मागेका छन् । केन्द्रले चैत मसान्तसम्म स्वीकृति दिने व्यवस्था थियो । जनक शिक्षा सामग्री केन्द्रले भने पुस्तक छपाइ गरी प्रदेशस्तरमा पठाएको छ । 
संगम पब्लिकेसनका प्रबन्ध निर्देशक सहदेवप्रसाद सापकोटाले राजस्व तिरेर सबै प्रक्रिया पूरा गरिसक्दा पनि स्वीकृतिमा ढिलाइ हुँदा बजारमा पुस्तक पु¥याउन नपाएको बताए । ‘बालबालिकाले पढ्न पाउँथे, अभिभावकलाई सहज हुन्थ्यो,’ उनले भने, ‘हामीले खर्च गरेर पनि बजारमा लान पाएनौँ ।’

Comments

Popular posts from this blog

विद्यालय सामाशिक परीक्षर् (Social Audit) मापदण्ड २०७८

२०७६।११।३० माध्यमिक तह विज्ञान विषयको विषयगत पाठ्यक्रम http://www.tsc.gov.np/doc/1584100128Final_S%20L_Science%20curriculum%20final%20%2011-29%20at%209.pdf
विद्यालयतिर दृष्टि (सम्पादकीय) विचार/दृष्टिकोण | गोरखापत्र अनलाइन       जेष्ठ १२, २०७७ सोमबार        शेयर गर्नुहोस:   8 Shares     कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले मुलुकका अन्यजस्तै शैक्षिक क्षेत्र पनि गम्भीररूपले प्रभावित छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) देखि उच्चशिक्षाका विद्यार्थी परीक्षा दिन वञ्चित छन् । देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोनाको प्रभाव लम्बिँदै जाँदा अनिश्चितता पनि लम्बिनेछ । सहरी क्षेत्रमा केही विद्यालयले सीमित विद्यार्थीलाई विद्युतीय माध्यम (भर्चुअल) बाट अध्यापन गराउँदै आएका भए पनि आमविद्यार्थीमा यसको पहुँच छैन । कम्तीमा जेठ अन्त्यसम्म शैक्षिक संस्था सञ्चालन हुने अवस्था नरहेकाले शैक्षिक पात्रो (क्यालेण्डर) प्रभावित हुने अवस्था आएको छ । शिक्षा र अन्य अवसरसँग सम्बन्धित हुने परीक्षालाई यो सङ्कटकै कारण एकवर्ष पछाडि धकेलेर विद्यार्थीलाई ‘बुढो’ बनाउन नहुने अवस्थाप्रति सम्बद्ध निकाय संवेदनशील हुनपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन...